भविष्य नदेख्नेहरू सरकार ढल्याे भन्ने भ्रम छर्दै छन् : महासचिव पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

भविष्य नदेख्नेहरू सरकार ढल्याे भन्ने भ्रम छर्दै छन् : महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण मन नपराउनेहरु अहिले पनि सरकारको बारेमा भ्रम छरिरहेको बताउनुभएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीका सबै विभागहरुको संयुक्त छलफललाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले हरेक दुई महिनामा सरकार ढल्दैछ भन्ने भ्रम फिँजाउने काम भइरहेको र प्रधानमन्त्री र पार्टी सभापतिहरुले सरकार जारी रहन्छ भनेर स्पष्टीकरण दिइरहनुपरेको बताउनुभयो । उहाँले वर्तमान समीकरण मन नपराउनेहरुले अहिलेको समीकरणका विरुद्ध भ्रम सिर्जना गर्ने खेतीपाती गरिरहेको बताउनुभयो ।

स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित देख्ने जमातबाट यो काम भइरहेको उहाँकाे भनाइ छ ।

महासचिव पोखरेलले प्रमुख पार्टीहरु सरकारमा गएपछि लोकतन्त्रले के दियो र गणतन्त्रले के दियो भन्ने अभियान चलाइएको बताउनुभयो ।

Leave a Reply