काठमाडाैं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सत्तामा रहेका मन्त्रीहरु नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले सत्ता र सरकारमै रहेकाहरुको देश लुट्ने र घुस खाने प्रवृत्तिले लोकतन्त्र र गणतन्त्रविरोधीलाई मलजल मिलिरहेको उहाँको भनाइ छ । उहाँले सत्ता र शक्तिमा बस्नेहरुको काम राष्ट्र र जनताको हितमा नभई व्यक्तिगत स्वार्थमा मात्रै सीमित भएको टिप्पणी गर्नुभयो ।
उहाँले पुराना पार्टीहरुको आलोचना आएका नयाँहरुको व्यवहार पनि फरक नभएको टिप्पणी गर्नुभयो । उहाँले रास्वपालाई लक्षित गर्दै घण्टी बजाउँदै आएकाहरुको व्यवहार पनि फरक नरहेको उहाँको भनाइ छ ।
अध्यक्ष केसीले व्यवस्थाको रक्षाका लागि सत्तासिन दलहरु दलीय र व्यक्तिगत स्वार्थबाट मुक्त हुन जरुरी रहेको बताउनुभयो ।





