नेपाल र नेपाली रहेसम्म भानुभक्तको महत्व रहन्छ : शिक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

नेपाल र नेपाली रहेसम्म भानुभक्तको महत्व रहन्छ : शिक्षामन्त्री

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रही राख्ने बताउनुभएको छ ।आइतबार २१२औँ भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री पन्तले भानु जयन्ती मनाउनको मूल तात्पर्य आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरुलाई सम्झनु रहेको बताउनुभयो । उहाँले जुन बेलासम्म नेपाल, नेपाली, नेपाली भाषा रहन्छ तबसम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहने बताउनुभयो ।

मन्त्री पन्तले हरेक व्यक्तिले सधैँ नेतृत्व गर्न नसक्ने र आफ्नो कालखण्डलाई नेतृत्व गर्ने बताउनुभयो । भानुभक्तले पनि साहित्यमा आफ्नो कालखण्डको नेतृत्व गर्नुभएको बताउनुभयो । आफूले नेपाली भाषाको नेतृत्वको गरेर नेपाली भाषालाई फैल्याउने मूर्धन्य व्यक्तित्व भानुभक्त भएको बताउनुभयो ।

भानुभक्त आचार्यलाई सम्झनु भनेको नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उहाँप्रति श्रद्धा अर्पण गर्नु रहेको बताउनुभयो । विभिन्न भाषाहरु मर्दै गइरहेको भन्दै उहाँले भाषालाई समृद्ध बनाइ र संरक्षण गर्ने चुनौती रहेको बताउनुभयो ।

Leave a Reply