एमाले र माओवादीबीच पार्टी एकता हुनै नसक्ने पशुपति शमशेरको दावी | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

एमाले र माओवादीबीच पार्टी एकता हुनै नसक्ने पशुपति शमशेरको दावी

भक्तपुर, २२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनै नसक्ने दावी गरेका छन् । सोमबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले  यस्ताे दाबी गरेका हुन् ।

पार्टी एकता नभएपनि अध्यक्ष राणाले २ पार्टीबीचकै सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने सुनिश्चित भईसकेको बताएका छन् ।

उनले नयाँ सरकार कम्तिमा पनि २ वर्षसम्म टिक्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराए । साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले नयाँ सरकारलाई भारत तथा चीन दुवै मुलुकको साथ रहनेमा  विश्वास प्रकट गरे ।

उनले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण नयाँ बन्ने सरकारसँग सम्बन्ध सुधारको लागि भएको बताए । अध्यक्ष राणाले प्रदेशको राजधानी तोक्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभाकै भएको जिकिर गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);