माइखोलामा बालुवा नखेलाए उनको छाक टर्दैन (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

माइखोलामा बालुवा नखेलाए उनको छाक टर्दैन (भिडियो सहित)

टीका खतिवडा
इलाम, २२ माघ । ७७ वर्षिय जेष्ठ नागरिक दोर्जे तामाङ यो समय नातिनातिना खेलाएर बस्नु पर्ने हो । तर यो उमेरमा पनि माइखोलामा बालुवा नखेलाए उनको छाक टर्दैन । परिवारको साथमा आराम गरेर विताउनु पर्ने समयमा दोर्जे इलाममा टुप्लक्क घाम झुल्किएसँगै माइखोलामा बालुवा खेलाउन पुग्छन् । साँझ आँखा देखुन्जेल बालुवा जम्मा पार्नमै तल्लिन हुन्छन् । उमरले नेटो काटेपनि उनीमा जोस जागर उत्तिकै छ । त्यसैले त ७७ बर्षको उमेरमा पनि युवाको उमेर झै संर्घष गर्दै छन् दोर्जे तामाङ ।

माइखोलाको किनारामा खोलाले बगाएर ल्याएको बालुवा भेला पार्छन् । भेला पारेको बालुवा प्रति ट्याक्टर १२ सयमा बेच्ने गरेका छन् । त्यहीबाटा आफ्नो छाक टार्ने गरेका छन् । उनको मन अझै थाकेको छैन तर शरीर सिथिल बन्दै गएको छ । जेष्ठ नागरिकलाई राज्यले भत्ताको व्यवस्था पनि गरेको छ , हालै मात्र सरकारले वृद्ध भत्ता पाउने उमेर ६५ वर्षमा झारेको छ । तर ७७ वर्षका दोर्जे तामाङले अहिलेसम्म वृद्धभत्ता पाएका छैनन् । कारण दोर्जेसँग नेपाली नागरिकता छैन । देशमा धेरै परिवर्तन भए तर जिन्दगीको उत्तरार्धमा पनि वृद्ध भत्ता त परको कुरा नेपाली नागरिकता समेत उनले पाएका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);