पहिराेका कारण देशभरका विभिन्न राजमार्ग अवरूद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

पहिराेका कारण देशभरका विभिन्न राजमार्ग अवरूद्ध

काठमाडाैं । मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । सडक विभागका अनुसार शनिबार बिहानदेखि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित भएको छ । यसैगरी बागलुङको निसीखोला–७ स्थित भूमिथान खोलामा सडक अवरुद्ध हुँदा कक्रहवा भारत सीमा–रुद्रपुर, सालझण्डी–सन्धिखर्क–देवीस्थान र बूर्तीवाङ–ढोरपाटन सडक खण्डमा यातायात ठप्प भएको छ ।

काभ्रेपलान्चोकको बनेपा नगरपालिका ४ र १ को सीमा जोड्ने पुल भाँचिएपछि अवरुद्ध बनेको नाला–च्यामासिङ सडक भने ह्युमपाइप राखेपछि सञ्चालनमा आएको छ ।

वर्षातका कारण देशका विभिन्न करिब ६७ स्थानमा पहिरो जाँदा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा छन् । यसले गर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको छ भने यातायात व्यवस्थापनमा चुनौती थपिएको छ । विभागले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखेको जनाएको छ ।

Leave a Reply