प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएकाे छ । स्पेनकाे साताव्यापी भ्रमण पूरा गरी प्रधानमन्त्री शुक्रबार अपरान्ह स्वदेश फर्किनुभएकाे हाे ।

प्रधानमन्त्री ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिन असार १४ गते त्यसतर्फ जानुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गर्नुभयो ।

स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभयो । त्यसक्रममा प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलन क्रममा प्रधानमन्त्री ओलीले सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार