काठमाडाैं । नेपाली काँग्रेसका सांसद उदयसमशेर जबराले बैंकर्स र उद्योगी तत्कालै छुट्याउदा अर्थतन्त्रमा ठूलो समस्या आउने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको अर्थसमितिमा बैंक तथा बाफिया विधेयकमाथिको छलफलमा बोल्दै एउटै व्यक्ति बैंकर्स पनि हुनुपर्ने र व्यापारी पनि हुनु भनेको गुड गभर्नेन्सको सिद्धान्तले नमिल्ने बताउनुभएकाे हाे ।
कतिपय व्यवहारिक पाटोलाई हेरिनुपर्ने बताउदै उहाँकाअनुसार बैंक र उद्योगी छुट्याउन जरुरी रहेकाे बताउनुभयाे । सो सम्बन्धी व्यवस्थालाई उहाँले अहिले दफामा राखेपनि लागू गरिहाल्नु नहुँने बताउनुभयाे । ऐन कार्यान्वयन भएको १५ वर्षपछि सोसम्बन्धी दफा लागू गर्नुपर्ने उहाँको तर्क छ ।
उहाँका अनुसार त्यसो गर्दा स्वार्थको द्वन्द्व सिर्जना हुँदैन भने तत्काल बैंक तथा उद्योगीहरुलाई समस्या पर्दैन । अर्थतन्त्र अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै उहाँले हचुवाका भरमा अघि बढ्न नहुने बताउनुभयो ।





