काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजारमा विदेशी श्रमीकको बाहुल्यता विस्तार हुँदै गएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिले नेपालको श्रम र पुँजीबजार संकुचनमा रहेको बताउनुभएकाे हाे ।
मन्त्री भण्डारीले पुँजीबजार गुञ्जायमान हुन नसकेको तथा नेपालको श्रम बजार पनि अपेक्षा गरेको श्रम बजार बन्न नसकेको बताउनुभयो । नेपालको श्रम बजार नेपालीले भन्दा अरुले नै आफ्नो बाहुल्यताको क्रमशः विस्तार गर्दै गइरहेको बताउनुभयो ।
नेपालको श्रम बजारले खोजिरहेको कुरा शिक्षा प्रणालीले दिन नसकेको भन्दै उहाँले श्रम बजारमा रहेका समस्याको समाधान गर्न सरकार लागिरहेको बताउनुभयो । उहाँले नेपाली श्रम बजार नेपालीहरु र नेपाली सीपको श्रम बजार बन्नुपर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा पढ्दै कमाउँदै भन्ने नयाँ कार्यक्रम ल्याएको बताउनुभयाे ।





