काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मिसन ०८४ मा कसैले बाधा पुर्याउन खोजे त्यसको हिसाव किताब हुने बताउनुभएको छ । शनिवार जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले एमालेले अर्जुनदृष्टिका साथ मिसन ०८४ लाई हेरिरहेको बताउनुभयो । मिसन ०८४ मा बाधा कसैले पुर्याउन नसक्ने उहाँको भनाइ छ । पार्टीलाई एकतावद्ध, अनुशासित, वैचारिक हिसावले स्पष्ट, संगठानिक हिसावले एकतावद्ध, अनुशासित बनाएर लिएर जाने कुरामा पार्टी नचुक्ने स्पष्ट पार्नुभयो ।
महाधिवेशन आउनुभन्दा अगाडिदेखि कार्यकर्तालाई महाधिवेशन नलागे पनि केही स्वार्थ तत्वलाई लागिरहेको बताउनुभयो । यस्ता खालका प्रवृत्तिहरुलाई कसैले पनि प्रोत्साहन नगर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले अनुशासनका साथ पार्टीलाई एकतावद्ध ढंगबाट अघि बढाउन आग्रह गर्नुभयो ।





