कञ्चनपुर, २१ माघ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरु भएको छ ।
बाघ गणनाको लागि गणकलाई तालिम दिएर मंगलबारदेखि फिल्डमा खटाइने निकुञ्जले जनाएको छ । शुक्लाफाँटा–लालझाडी–जोगबुढा करिडोरमा ५ हजार ५ सय किलोमिटर क्षेत्र भित्र बाघ गणना गरिने छ । बाघ गणनाको लागि ११ वटा समूह खटाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन २०१३ मा बाघको संख्या १७ रहेको थियो ।