मुलुकाे आर्थिक अवस्थाका कारण कर्मचारीको तलब वृद्धि गर्न सकिएन : प्रशासनमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

मुलुकाे आर्थिक अवस्थाका कारण कर्मचारीको तलब वृद्धि गर्न सकिएन : प्रशासनमन्त्री

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले असार महिनाभित्रै निमित्तको भरमा चलेका स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताउनुभएको छ ।

प्रतिनिधि सभाकाे सोमबारको बैठकमा बोल्दै मन्त्री गुप्ताले अगामी आर्थिक वर्ष शुरु हुन अगाडि नै निमित्तको भरमा चलेका स्थानीय तहको संख्या शुन्यमा झार्ने बताउनुभएको हो ।

मन्त्री गुप्ताले आफूले मन्त्रालय सम्हाल्दा साढे तीन सय पालिका निमित्तको भरमा चलेकोमा हाल देशभर १८५ पालिकामा मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका उल्लेख गर्नुभयो । उहाँले मुुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै कर्मचारीको तलब वृद्धि गर्न नसकिएको समेत स्पष्ट पार्नुभयो ।

स्थानीय तहमा हुने गरेको प्रमुख प्रशासकीय अधिकृतको समस्याको दीर्घकालीन समाधान गर्न आफू प्रतिवद्ध रहेको मन्त्री गुप्ताले बताउनुभयो ।

 

Leave a Reply

ताजा समाचार