मलेसियाको तेल भण्डारण केन्द्रमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

मलेसियाको तेल भण्डारण केन्द्रमा आगलागी

एजेन्सी । मलेसियाको जोहोर राज्यमा इन्जिन तेल र लरी भण्डारण गर्ने औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको छ । नजिकै बस्नेहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

जोहोर अग्नि तथा उद्धार विभाग सञ्चालन केन्द्रकाअनुसार स्थानीय समय अनुसार १२ : ४५ बजेतिर अग्नि नियन्त्रकहरूलाई आगलागीको बारेमा शतर्क गराइएको थियो । अग्नि नियन्त्रकहरूले राज्यको राजधानी जोहोर बाहरू नजिकैको पासिर गुडाङ शहरमा रहेको लरी डिपोमा सक्रिय आगो फेला पारेका थिए । कुनै मानवीय क्षति नभएको बताइएको छ ।

मलेसियाली राष्ट्रिय समाचार एजेन्सी (बर्नामा)ले घटनास्थलबाट करिब ५० मिटर टाढा रहेको आवास क्षेत्रमा पनि आगो फैलिएको रिपोर्ट गरेको छ ।

Leave a Reply