नारायणहिटी दरबार संग्रहालय अवलोकनकर्ताको आकर्षण केन्द्र बन्दै | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

नारायणहिटी दरबार संग्रहालय अवलोकनकर्ताको आकर्षण केन्द्र बन्दै

नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार संग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बन्दै गएको छ ।

narayanhiti darbar

काठमाडौं, २१ माघ । नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार संग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बन्दै गएको छ । शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासनगर्ने मुख्य केन्द्रका रूपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरूको ओइरो लाग्ने गरेको छ ।

राजा वीरेन्द्रको वंशनाशहुने गरी भएको हत्याकाण्डको साक्षी भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी जिज्ञासु तथा अवलोकनकर्ता आउने क्रम बढ्दो छ । संग्रहालयका अनुसार २०६५ फागुन १६ गते यता २६ लाख १७ हजार ९ सय जनाले अवलोकन गरेका छन् । त्यस मध्य ११ लाख ५ हजार २ सय ४० जना विद्यार्थी छन् । १३ लाख ८ सय ३० नेपाली नागरिक अवलोकन गर्न पुगेका छन् ।

सार्क राष्ट्र र चीनका गरि १४ लाख ९ हजार १ सय ६२ जनाले संग्राहलयको भ्रमण गरेका छन् भने अन्य राष्ट्रका ६२ हजार ६ सय ७८ जनाले भ्रमण गरेका छन् । भ्रमणका लागि विद्यार्थीलाइ २० रुपैयाँ, नेपालीलाइ १ सय, सार्क र चीनका नागरिकलाइ २ सय ५० र अन्य राष्ट्रका पर्यटकलाइ ५ सय रुपैयाँ शुल्क लिइने गरेको छ । यसरी हाल सम्म २६ लाख १७ हजार ९ सय जनाबाट २२ करोड २२ लाख, ३९ हजार ४ सय ६५ रुपैयाँ राजस्व संकलन भएको छ ।

विनाप्रचार पनि दैनिक दुइहजार भन्दा बढि पर्यटक आउने नारायणहिटीमा प्रचारकालागि संग्राहलयले खासै चासो दिएको छैन । संग्राहलयले सामान्य जानकारी र सम्पर्कका लागि टेलीफोन नम्बर सहित सामान्य वेबसाइट र बुकलेट तयार पार्ने बाहेक कुनै प्रचारको प्रसार गरेकोे छैन । अहिलेसम्म दैनिक २ हजार भन्दा बढि मानिस दैनिक आइरहेकाले ऐतिहासिक यस दरवारको अवलोकनका लागि प्रचार गरिरहन आवश्यक नरहेको ढुंगानाको तर्क छ । दरबारको नजिकै रहेको नारायणको मन्दिर र हिटीपोखरीको संस्मरणमा राजदरबारको नाम नारायणहिटी भएको हो ।

नेवारी भाषामाहिटीको अर्थ धारा हो । विदेशी वास्तुविद्को डिजाइनमा नारायणहिटी राजदबारको निर्माणकार्य वि सं २०२० मा सुरु भई २०२६ मा सम्पन्न भएको थियो । राजदरबार निर्माण हुुनुअघि विसं १९०३ मा तत्कालीन प्रधानसेनापति शिवरामसिंह बस्न्यातका कान्छा छोरा काजी धोकलसिंह बस्न्यातको सम्पत्तिका रूपमा रहेको घरपरिसरलाई वीर शम्शेरका पालादेखि चर्चिन थालिएको हो । वीरशम्शेरले निर्माण गर्न लगाएको यो दरबार आफ्ना दुई छोरीको विवाह राजा पृथ्वी वीर विक्रम शाहसँग गराइदिएपछि हनुमानढोका दरबारबाट शाह राजाहरूलाई यहाँ बस्न लगाइएको हो ।

एक दशक अघिसम्म यो राजदरबार सर्वसाधरण मानिसले समेत भ्रमण गर्न सक्छन् भन्नेमा परिकल्पना समेत नगरेको सर्वसाधरणले अहिले निर्धक्क भ्रमण गर्न पाउँदा खुसी व्यक्त गर्छन् । नारायणहिटी राजदरबार भित्र घटेको दुर्घटनाको प्रमुख स्थल त्रिभुवन सदनको पुनर्निर्माण कार्यको प्रथम चरण सकिन लागेको छ । भूकम्पपछि अवरुद्ध दोस्रो चरणको निर्माण कार्य भइरहेको छ । राजाविरेन्द्र, युवराज धिरेन्द्र सहितलाइ गोली लागेको स्थलको पुननिर्माण भइसकेको छ भने रानी ऐश्वर्यलाइ गोली लागेको अर्काे स्थलको पुननिर्माणको जगनिर्माण भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);