छिट्टै प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिने, प्रधानमन्त्रीको भनाई | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

छिट्टै प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिने, प्रधानमन्त्रीको भनाई

साउन ६, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारद्घारा अब छिट्टै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।

छिट्टै प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिने

साउन ६, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारद्घारा अब छिट्टै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।।

प्रधानमन्त्री देउवाले ३५ औं बिपी स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन भइसकेकाले सरकार अब मिति घोषणा र निर्वाचनसँग सम्बन्धित कानून बनाउन केन्दीत हुने बताएका छन् । समयको चाप रहेपनि माघ ७ गते अगावै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गरेर देखाउने दाबी प्रधानमन्त्री देउवाले बताए ।
प्रधानमन्त्री देउवाले २ नम्बर प्रदेशको निर्वाचनबाट अघिल्लो चरणमा वेहोरेको हारको विश्लेषण हुने दाबी पनि गरेका छन् ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा अन्र्तघातका कारण पार्टीले दोस्रो स्थानमा सीमित हुनुपरेको भन्दै तेस्रो चरणको निर्वाचनमा अन्र्तघातको स्थिति आउन नदिने उनका धारणा थियो । उहाँले अघिल्ला निर्वाचनमा अन्र्तघात गरेर पार्टीका उम्मेद्वारलाई पराजित गर्न भुमिका खेल्ने सबैलाई कारवाही गर्ने पनि जोड दिएका छन् ।
प्रधानमन्त्री देउवाले पार्टीभित्र कमजोरी रहेको स्वीकार गर्दै ती कमजोरी सच्चाउन आफु तयार रहेको उनको धारणा थियो । उनले पार्टीभित्रका कमजोरीका विषयमा प्रचारबाजी नगर्न असन्तुष्ट पक्षसँग आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);