काठमाडाैं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेतृत्वमा रहेकाहरुले खुट्टा कमाएमा मुलुक बन्न नसक्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरु माथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले विनियोजित विधेयकमाथि सात वटा विषयमा छलफल गर्ने भनेर दलीय आधारमा समय मागेपनि अचानक तीन वटा विषयमा मात्र छलफल गर्ने भनिनु सांसदको कमजोरी नभएको बताउनुभयाे ।
शिक्षा, रोजगारी र दलालीको चंगुलमा परेर युवाहरु विदेश पलायन भइरहेको अवस्थामा बजेट ल्याउनु आवश्यक नभएको भन्दै बजेटभन्दा पनि आवश्यकतातर्फ गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद भण्डारीले विधिको शासन, मुलुकको प्रगति र जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौं भनेर व्यवस्था ल्याएको पनि ३४ वर्ष बितिसकेको भन्दै संसदमा देखिएका असहमतिको समाधानका निमित्त सरकारलाई आग्रह गर्नुभयो ।
सांसद भण्डारीले मुलुक युवाबिहीन बनिरहेकोतर्फ छलफल गर्नुपर्ने अवस्था भएपनि त्यसतर्फ गम्भीर बन्न नसकेको बताउनुभयाे।





