विपद्का लागि स्काउट स्वयंसेवकहरुको भूमिका महत्वपूर्ण : खेलकुदमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

विपद्का लागि स्काउट स्वयंसेवकहरुको भूमिका महत्वपूर्ण : खेलकुदमन्त्री

काठमाडाैं । युवा तथ खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउट ऐनलाई समयानुकुल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल स्काउटको ७४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समयमा नै नेपाल स्काउट ऐन ल्याउनको लागि मन्त्रालय प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले नयाँ ऐनले हाल देखिएका समस्याहरुको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । विपद्जन्य जोखिमबाट बच्न पूर्णतयारी तथा विपद्का लागि स्काउट स्वयंसेवकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नेपाल स्काउटको आन्तरिक स्राेतको व्यवस्थापन गरी स्काउट क्रियाकलापलाई विकास र विस्तार गर्न नेतृत्वलाई निर्देशन दिनुभयो । नेपाल स्काउटको स्राेत र सम्पत्तिलाई एकीकृत गरी नेपाल स्काउटको स्वामित्वमा ल्याइ त्यसको उचित व्यवस्थापन र परिचालनमा समेत ध्यान दिन पनि निर्देशन दिनुभयो ।

मन्त्री चौधरीले स्काउटको व्यापक विस्तारका लागि सन् २०३२ सम्ममा सात लाख संस्था पुर्याउनका लागि कार्ययोजनासहित अघि बढ्न नेपाल स्काउटको नेतृत्वलाई निर्देशन दिनुभयो । समाजका सबै तह र तप्कामा स्काउटको बलियो नेतृत्व र उपस्थिति आवश्यक रहेको बताउनुभयो । मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई विशेष ध्यान दिएर स्काउटले काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल स्काउटलाई सबै प्रदेश र स्थानीय तहसम्म पुर्याउन, समुदायस्तरमा सक्रिय बनाउन र समाजमा रहेका हरेक विकृति र विसंगतिको अन्त्य गर्नु आजको आवश्यकता भएको बतउनुभयो ।

Leave a Reply

ताजा समाचार