एमालेको कामले कांग्रेस कार्यकर्ताकाे शीर निहुरियाे : अग्नि सापकोटा | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

एमालेको कामले कांग्रेस कार्यकर्ताकाे शीर निहुरियाे : अग्नि सापकोटा

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालको विकल्प नरहेको बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश बनाउनका लागि आफूहरुले अध्यक्ष दाहालको विकल्प नरहेको कुरा पहिला नै बुझेको तर अहिले आएर जनताले पनि बुझेको दाबी गर्नुभएकाे हाे।

उहाँले माओवादीको देश दौडाहाका क्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु बाहेक अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि स्वागत गर्ने, ज्ञापन पत्र दिने काम गरेको बताउनुभयो । उहाँले अहिले जनता कांग्रेस र एमालेबाट अघाएको बताउँदै माओवादीलाई बाटो खालि भएको जिकिर गर्नुभयो ।

सांसद सापकाेटाले कांग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी भएको आरोप समेत लगाउनुभयो । उहाँले एमालेको कामले आफ्नै कार्यकर्ताहरु पनि शीर निहुराएर लज्जावोध गर्ने गरेको बताउनुभयो ।

Leave a Reply