देशलाई बनाउने भए एकपटक माओवादी केन्द्रलाई बहुमत दिनुस् : नारायणकाजी श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

देशलाई बनाउने भए एकपटक माओवादी केन्द्रलाई बहुमत दिनुस् : नारायणकाजी श्रेष्ठ

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशलाई बनाउने भए पुनः एकपटक नेकपा (माओवादी केन्द्र) लाई बहुमतको सरकार बनाउने गरी समर्थन गर्न आह्वान गर्नुभएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो ।

उहाँले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पुर्याउन पनि जनसंघर्षमा सामेल हुनेगरी सहयोग गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय पार्टीका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य रहेको बताउनुभयो ।

उहाँले पार्टी प्रवेशको लहर पनि बढेको दाबी गर्नुभयो । भ्रष्टाचारीलाई रक्षा गर्न र भ्रष्टाचार गर्ने प्रक्रिया थप अघि बढाउन माओवादी केन्द्र नेतृत्वको सरकार ढालेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकार भ्रष्ट र निरंकुस सरकार रहेको जिकिर गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामहरु रोक्ने प्रयत्न भइरहेको बताउनुभयो । संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो पूरा गर्न दबाब दिनुपर्ने बताउनुभयो ।

Leave a Reply