जेठ २७ मंगलबार ।
प्रहरीले काठमाडौंको टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।टोखामा रहेको ग्रान्डी अस्पतालनजिकै गोली हानेर दुईजना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । उनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले विभिन्न ठाउँबाट चार जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।
उनीहरुलाई कार्यालयमा ल्याउने काम भएकाले परिचय भने यकिन गर्न बाँकी नै रहेको बताए । ‘प्रहरीले गोली चलाएर दुई भारतीय र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिएको छ ।
लागु औषध कारोबारीलाई समात्ने क्रममा घाइते भएका दुई प्रहरीलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ ।घाइते प्रहरीलाई उपचारका लागि अस्पताल पठाइएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ । उपचारका लागि प्रहरी अस्पताल लगिएका प्रहरीहरूमा ब्यूरोमा कार्यरत रवीन्द्र केसी र नवराज घिसिङ छन् ।
उनीहरुलाई पनि चोट लागेको बताइएको छ ।लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।नियन्त्रणमा लिने क्रममा उनीहरुको आक्रमणबाट दुई प्रहरी रवीन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका छन् ।




