जेठ २३ शुक्रबार ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं २ अमरैयामा २५ वर्षीय एक युवाले आफ्नै बुबालाई कोदालो प्रहार गरी हत्या गरेका छन् । बुवाको उद्धारको लागि आएका छिमेकीलाई समेत उनले सोही कोदालेले हानेर मारे ।
सुनवल नगरपालिका–२ अवरहियाका २७ वर्षीय खेमराज थारूले बुवा ५० वर्षीय जयराम थारूको कोदालो प्रहार गरी हत्या गरेका हुन् ।घटनालगत्तै सोधिखोजी गर्न पुगेका छिमेकी ७० वर्षीय नाधु धरिकारलाई पनि थारुले कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारीले जानकारी दिनुभयो । हत्यामा संलग्न युवकलाई कोदालोसहित पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




