राजपाको बैठक सकियो, के-के भयो निर्णय ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

राजपाको बैठक सकियो, के-के भयो निर्णय ?

rajapa

जनकपुर, २० माघ । राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलले प्रदेशसभा अन्तर्गतको विभिन्न समितिमा पार्टीको तर्फबाट रहने सदस्य सांसदहरुको नाम सिफारिस गरेको छ ।

राजपा अध्यक्ष मण्डल सहित सांसदहरुको बैठकले विभिन्न समितिमा रहने सांसदहरुको नाम सिफारिस गरेको हो । राजपा नेपालको जनकपुरमा बैठक बसेको थियो ।

राजपाको तर्फबाट प्रदेशसभा सर्वदलीय बैठकमा भाग लिनका लागि सुरिता साह, अभिराम शर्मा र परमेश्‍वर साहलाई तोकेको छ । यस्तै संसद्को अध्यक्ष मण्डलको लागि नवल किशोर साह तोकिएका छन् ।

बैठकले संसद्को कार्यव्यवस्था परामर्श समितिमा सुरिता साह र मनिष सुमनलाई पठाउने निर्णय गरेको छ । यस्तै बैठकले नियमावली मस्यौदा समितिमा रामनरेश राय, डिम्पल झा र रमेश पटेललाई पठाउने निर्णय गरेको छ । प्रदेश नं २ को प्रदेश सभा आइतबार जनकपुरमा बस्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);