नेकपा एमाले र राजावादी समुहले आज काठमाडौंमा छुट्टाछुट्टै प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

नेकपा एमाले र राजावादी समुहले आज काठमाडौंमा छुट्टाछुट्टै प्रर्दशन

२०८२,२,१५

नेकपा एमाले र राजावादी समुहले आज काठमाडौंमा छुट्टाछुट्टै प्रर्दशन गर्दैछन्। एमालेले गणतन्त्रको पक्षमा र राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्। एमालेले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भृकुटीमण्डपदेखि रत्नपार्कसम्म सांस्कृतिक झाँकीसहितको प्रदर्शन गर्न लागेको हो। एमालेले भृकुटीमण्डप, भद्रकाली, शहीदगेट सुन्धारा हुँदै रत्नपार्कको शान्तिवाटिकासम्म गणतन्त्रको उत्सवका रुपमा सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्नेछ।

त्यस्तै राजावादी समूहले दिउँसो साढे दुई बजेपछि मात्र शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गर्न पाउने भएका छन्। एमाले र राजावादीको प्रदर्शनको मिति र स्थान एउटै भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले समय निर्धारण गरिदिएको हो। तर, जिल्ला प्रशासन कार्यालयलाई खबर नै नगरेका राजावादीहरु बिहान ११ बजेदेखि नै प्रदर्शनमा निस्किने तयारीमा छन्। बिहान ११ बजेदेखि नैै राजधानीका विभिन्न स्थानबाट ¥यालीमा निस्कने २ बजे रत्नपार्कको शान्तिबाटीमा पुग्ने कार्यक्रम तय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। राप्रपाले आफूहरु शान्तिपूर्ण प्रदर्शनमा उत्रिन लागेको बताएको छ।

Leave a Reply