चिकित्सा शिक्षा विधेयक मान्य नहुने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चिकित्सा शिक्षा विधेयक मान्य नहुने चेतावनी

doctor

काठमाडौं, २० माघ । चिकित्सकहरुले अध्यादेशमार्फत् आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक मान्य नहुने चेतावनी दिएका छन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकूलपति डा. गणेशबहादुर गुरुङले प्राज्ञहरुसँग छलफल समेत नगरी आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक मान्य नहुने बताएका हुन् ।

उनले विश्वविद्यालयको स्वायत्त अधिकारमाथि नै बन्देज लगाउने गरी ल्याइएको अध्यादेश कार्यान्वयनमा आउने अवस्थामा नरहेको दावी गरे ।

शनिबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमाथिको बहस’ कार्यक्रममा बोल्दै उपकूलपति गुरुङले सीमित व्यक्तिको हितमा केन्द्रित भएर सरकारले ऐन, कानुन बनाउन नमिल्ने तर्क गरे । उनले आफू एउटै उच्च विश्वविद्यालयको पक्षमा रहेको उनले स्पष्ट पारे । चिकित्सकहरुले चिकित्सासम्बन्धि अध्यादेश ल्याउँदा प्राज्ञिक क्षेत्रको राय, सुझावलाई मुख्य आधार बनाउनुपर्नेमा उनले जोड दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);