लोकतान्त्रिक गणतन्त्रका विरोधीहरू जनविरोधी हुुन ः एमाले महासचिव शङ्कर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

लोकतान्त्रिक गणतन्त्रका विरोधीहरू जनविरोधी हुुन ः एमाले महासचिव शङ्कर पोखरेल

२०८२,२,१२

नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरू जनविरोधी भएको बताउनुुभएको छ । एमाले बागमती प्रदेश कमिटीले पार्टीबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि जनताका विरुद्धका गतिविधि भएको बताउनुुभयो । गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध सिङ्गो पार्टी एक ढिक्का भएर लाग्नुपर्ने उहाँको भनाइ छ ।

एमालेले गणतन्त्र दिवसलाई विविध कार्यक्रमको आयोजना गरी उत्सवका रूपमा मनाउन आमजनसमुदायलाई आह्वानसमेत गर्नुुभयो । महासचिव पोखरेलले प्रदेश कमिटी र जिल्ला कमिटीले विभिन्न सङ्घसंस्थालाई गणतन्त्र दिवस उत्सवका रूपमा मनाउनका लागि विविध प्रकारका रचनात्मक कार्यक्रम आयोजना गर्न प्रेरित गर्नेसमेत बताउनुुभयो ।

उहाँले आवश्यकताअनुसार उपत्यकाको हकमा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रदेश तथा जिल्लाले नेतृत्वलाई परिचालन गरिने जानकारी दिनुुभयो।

 

Leave a Reply