परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जापान प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८३, मंगलबार

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जापान प्रस्थान

२०८२,२,६

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जापान प्रस्थान गर्नुभएको छ । टोकियोमा भोलि बुुधबारदेखि सुरु हुने ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्तता सम्बन्धी सम्मेलनमा सहभागी हुन उहाँ गएराति जापान प्रस्थान गर्नुुभएको हो । एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुलद्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहने छ।

जापानमा रहँदा उनले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँ आगामी शनिबार स्वदेश फर्कने कार्यतालिका छ।

Leave a Reply