गाजामा २० लाख मानिस भोकमरीको सामना गरिरहेको डब्ल्यूएचओको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

गाजामा २० लाख मानिस भोकमरीको सामना गरिरहेको डब्ल्यूएचओको चेतावनी

२०८२,२,६

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले युद्धग्रस्त गाजा क्षेत्रमा २० लाख मानिसहरु भोकमरीको सामना गरिरहेको चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा।टेड्रोस एडहानोम गेब्रेयससले हिजो विश्वभरबाट आएका डब्ल्यूएचओ प्रतिनिधिहरूको बैठकलाई सम्बोधन गर्दै इजरायलको नाकाबन्दी र मानवीय सहायता पुर्‍याउने ठाउँको अभावले गाजाको पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई गम्भीर रूपमा असर गरेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले मानिसहरूको ज्यान सजिलै उपचार हुने रोगहरुबाट गइरहेको तर उपचारसम्भव भएका आवश्यक औषधिहरू सीमा पार अड्किएको बताउनुभयो ।

सन् २०२३ देखि अहिलेसम्म डब्ल्यूएचओले गाजाबाट सात हजार तीन सय भन्दा बढी बिरामीहरूलाई बाहिर निकालेको छ, तर अझै १० हजार भन्दा बढी मानिसहरूलाई उपचारका लागि गाजाबाट बाहिर लैजान आवश्यक रहेको जनाएको छ । यसैबीच, हिजो नै इजरायलले आवश्यक मात्रामा खाद्य वस्तु पुर्‍याउन अनुमति दिने बताएको छ । जसबाट १० हप्ताको नाकाबन्दीपछि भोकमरीको सङ्कट उत्पन्न नहुने अपेक्षा गरिएको छ ।

Leave a Reply