अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमणका लागि आज साउदी अरबको रियाद जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमणका लागि आज साउदी अरबको रियाद जाँदै

२०८२,१,३०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमणका लागि आज साउदी अरबको रियाद जाँदै हुनुहुन्छ । ह्वाइट हाउसले ट्रम्पले ‘मध्यपूर्वमा ऐतिहासिक पुनरागमन’ गरिरहेका जनाएको छ । यसअघि पोप फ्रान्सिसको निधनपछि अन्तिम संस्कारमा सामेल हुन ट्रम्प भ्याटिकन पुग्नुभएको थियो । तर राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो । उहाँले साउदी, कतार र यूएईको भ्रमण गर्न लाग्नुभएको छ । भ्रमण आपसी सम्बन्धलाई थप सुदृढ पार्ने र ठूला महत्त्वपूर्ण आर्थिक सम्झौतामा केन्द्रित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रोयर्टसका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प पर्सि बिहीवार टर्कीमा हुन लागेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको बैठकका लागि टर्की जान सक्ने सम्भावना छ ।

साउदी अरबले अमेरिका, रुस र युक्रेनबीच प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ । गएको फ्रेब्रुअरीमा अमेरिका र रुसबीच युक्रेन युद्ध अन्त्य गर्नेबारे रियादमा उच्चस्तरीय बैठक भएको थियो । तर त्यो बैठकमा युक्रेनलाई संलग्न गराइएको थिएन ।

Leave a Reply