बाबुआमाले लछारपछार गर्दा चार महिने शिशु घाइते, उपचार क्रममा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

बाबुआमाले लछारपछार गर्दा चार महिने शिशु घाइते, उपचार क्रममा मृत्यु

बैशाख ०९ मंगलबार ।
नवलपरासी बर्दघाट सुस्तापूर्व०को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बुवाआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु भएको छ।

स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गएराति मादक पदार्थ सेवन गरी चार महिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

मादक पदार्थ सेवन गरेका बुवाआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रनाउ नेपालले बताए।

शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आमा कमला परियार दीपेन्द्र परियारसँग केही वर्षअघि दोस्रो विवाह गरी आएको स्थानीय सुकबहादुर नेपालीले बताए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Leave a Reply