२०८२,१,८
आन्दोलनरत शिक्षकहरूले आज सडकमै शोक मनाउने भएको छ। घर फर्किने क्रममा सवारी दुर्घटनामा मृत्यु भएका एक शिक्षकको सम्झनामा आज सडकमै शोक मनाउन लागेको हो। मनाङको नार्फु गाउँपालिका(८ घर भइ नासो गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको दुर्घटमा ज्यान गएको थियो। उनको निधनमा महासंघले शोक सभा गर्न लागेको हो। आन्दोलनको आज २० दिन पुगेको छ।
महासंघले आज शोक मनाउँदै सडकमा नाचगान नगर्न सडकबाटै उर्दी जारी गरेको छ। शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आज सडकमै शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षककालई उर्दी जारी गरेका छन्। सडक अवरुद्ध हुँदा कार्यालय जाने कर्मचारीसहित स्कुल, कलेजका विद्यार्थीलाई आवतजावत गर्न कठिन भएको छ।





