२०८२,१,४
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टि कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिनुुभयो । सहकारी ठगी प्रकारणमा पार्टीका सभापति रावि लामिछाने पुर्पक्षका लागी थुनामा गएपछि कार्यबाहक सभापति डीपी अर्यालले केन्द्रीय समिति बैठक बोलाउनुु भएको हो । बैठकमा अघिल्लो बैठकका निर्णय कार्यान्वयनको अवस्था, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने रास्वपाले जनाएको छ।
बैठकमा केन्द्रीय सदस्यहरुले ‘रिपोर्टिङ’ गर्नेछन् भने महाधिवेशन कार्यविवरण सम्बन्धमा पनि छलफल हुने प्रवक्ता झाले बताउनुुभो । सहकारी ठगी मुद्दामा सभापति जेल चलान भएपछि रास्वपा महाधिवेशन गर्ने कि सार्ने भन्ने दोधारमा छ ।




