सरकारले नगर्नुपर्ने काम धेरै गर्दैछ, गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौं:गगन थापा | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

सरकारले नगर्नुपर्ने काम धेरै गर्दैछ, गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौं:गगन थापा

बैशाख ०३ बुधबार ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताएका छन्।बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै जुन उद्देश्यले सरकार गठन भएको थियो त्यो अनुसार काम गर्न नसकेको बताए।

उनले भने, ‘अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार छ, यो सरकार बन्नुपर्थ्यो, पर्दैनथ्यो त्यो चरण अब सकियो। कांग्रेस र एमाले दुई ठूला प्रतिस्पर्धी पार्टीहरुबीचको सरकार ठूलो उद्देश्यले बनेको छ। तर त्यो उद्देश्य पूरा गरिनुपर्छ।

यो पटक संविधान संशोधन र सुशासनको एजेण्डामा मिलेका हौं। तर यो सरकार बनेपछिको अहिलेसम्मको अवधिलाई हेर्दा जुन अपेक्षाअनुसार मिलेका थियौं त्यो पूरा हुन सकेको छैन। त्यसैले हामीले गम्भीर समीक्षा गर्नैपर्छ। जुन गतिमा हिँड्नुपर्ने त्यो हुन सकिरहेको छैन।’

Leave a Reply

ताजा समाचार