चैत २९ शुक्रबार ।
त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्राडा केशरजंग बरालले प्रधानमन्त्रीले राजीनामा स्वीकृत गरेकोबारे आफू खुसी रहेको प्रतिक्रिया दिएका छन्।
राजीनामा दिएपछि पनि फर्काउलान् वा अस्वीकृत गर्लान् भन्ने आफूले सोच्दै नसोचेको उनले बताए। ‘राजीनामा पत्र स्वीकृत गर्न पाएपछि प्रधानमन्त्री खुसी हुनुभयो होला, तर पनि स्वीकृत गर्न ढिलो गर्नुभयो, म पनि खुसी नै छु, किनकि काम गर्ने वातावरण नै भएन, प्रधानमन्त्रीको हेपाइ सहेर बस्न सकिनँ, म काम गर्न भनेर त्यहाँ गएको थिएँ।’ हस्तक्षेप भएको भन्दै बरालले गत १५ चैतमा राजीनामा दिएका थिए। दुई सातापछि राजीनामा स्वीकृत भएको हो।
राजीनामा स्वीकृत गर्न पाएपछि प्रधानमन्त्री खुसी हुनुभयो होला: बराल
ताजा समाचार
प्रजातन्त्र दिवस : सम्झना, संघर्ष र समीक्षा
४ घन्टा अघि
एमालेकाे चुनावी घाेषणापत्र सार्वजनिक
५ घन्टा अघि




