प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीबाट त्रिलोचन भट्ट सिफारिस | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीबाट त्रिलोचन भट्ट सिफारिस

डाेटी, १९ माघ । प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्रले डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ ।

एमालेसँग प्रदेश नम्बर ७ मा मुख्यमन्त्री लिने सहमति गरेको माओवादी केन्द्रले शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो ।

काठमाडौँमा भएको प्रदेश कार्यालय बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको माओवादी केन्द्रका प्रदेश नम्बर ७ संयोजक लक्ष्मणदत्त जोशीले जानकारी दिए।

प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढीलाई नै कायम गर्ने गरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको बताइएको छ ।

प्रदेश नम्बर ७ को आइतबार हुन लागेको पहिलो बैठक प्रदेशसभाकी जेष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बस्नेछ । बैठकका लागि उनी शुक्रबार काठमाडौँबाट धनगढी पुगेकी छन् ।