२०८१,१२,२९
शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुको आन्दोलन आज पनि जारी छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा मुुलुुकभर भैरहेको आन्दोलन आज दश दिन पुुगेको छ । शिक्षकहरु चैत २० गतेदेखि आन्दोलनमा उत्रिएका हुुन । उनीहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म लगातार सडक आन्दोलन गरिरहेका छन । शिक्षकहरुको आन्दोलनका कारण माइतघर , बानेश्वर , अनामनगर , थापाथली, त्रिपुुरेश्वर, पुुतलीसडक लगायतका क्षेत्रमा सवारी साधनको जाम लाग्ने गरेको छ । जसका कारण सर्वसाधरण यात्रुुलाई सास्ती भएको गुुनासो गर्ने गरेका छन । यता शिक्षकहरु भने सरकारसंग संवाद थालनी गरे पनि आफनो माग पुुरा नभए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन । आन्दोलनमा शिक्षकहरुले नाचगानसंगै विभिन्न रचनात्मक क्रियाकलाप गरेका छन ।