तीनकुने र आसपासमा विरोध प्रदर्शनको अनुमति नदिन संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८१, मंगलबार

तीनकुने र आसपासमा विरोध प्रदर्शनको अनुमति नदिन संसदीय समितिको निर्देशन

२०८१,१२,२२

संसदीय समितिले काठमाडौँको तीनकुने र आसपासका स्थानमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायत कार्यक्रम गर्ने अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ। शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने र आसपासका स्थानमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायत कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो।

समितिको निर्णय जानकारी गराउँदै समिति सभापति रामहरि खतिवडाले काठमाडौँको तीनकुनेमा गत चैत १५ गते शुक्रवार राजावादीहरुले गरेको विरोध प्रदर्शनका क्रममा भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको बताएका छन । उक्त घटनामा दोषीउपर आवश्यक छानबिन गरी कानूनी कारबाही अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई बैठकमा निर्देशन दिएका छन ।

चैत १५ गतेको घटनाको सत्य तथ्य छानबिन गरी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा त्यसमा संलग्न हुने व्यक्तिहरुलाई आवश्यक छानबिन गरी कानूनी कारबाही अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरु दोहोरिनबाट रोक्न एवं संविधान, कानून एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रक्षाको लागि गम्भीरताका साथ अघि बढ्न पनि सरकारलाई निर्देशन दिएको छ।

समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटका लागि व्यवस्था गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ। गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);