सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छः हितराज पाण्डे | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छः हितराज पाण्डे

२०८१,१२,२२

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भीर त्रुटी भएको बताएका छन्। शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले प्रदर्शनकारीलाई आन्दोलनका लागि तीनकुने क्षेत्र नै किन दिइएको भन्दै प्रश्न समेत गरेका छन । उनले अराजक प्रदर्शनको मुख्य योजनाकार सार्वजनिक गर्न समेत माग गरे। उनले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नेभन्दा पनि विद्युत प्राधिकरण र राष्ट्र बैंकको गभर्नरको पछि मात्र लागेको आरोप लगाएका हुुन ।

उनले वर्तमान सरकार खालि सेटिङको पछि मात्र दौडिरहेको आरोप लाग्ने गरेको समेत टिप्पणी गरे। तस्करी रोक्दै जनतामा रहेको निराशा चिर्न सरकारको योजना के छ रु उनको प्रश्न छ। उनले कुनै पनि आन्दोलनलाई सामान्य रुपमा लिन नहुने बताएका छन।

Leave a Reply