आन्दोलनरत शिक्षकलाई मन्त्रालयले वार्तामा बोलायो | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८१, आइतबार

आन्दोलनरत शिक्षकलाई मन्त्रालयले वार्तामा बोलायो

चैत २१ बिहिबार ।
सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो । शिक्षक समुदायसँग विगत झै फेरि पनि सान्दर्भिक छलफल गर्न र साँजा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले शिक्षा तथा करम्चारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भनेका छन्, ‘ विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक छ।

यता विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका छन् । यसअघि धर्ना र अनशनलगायतका कार्यक्रम गरेका शिक्षक माग सुनुवाइ नभएको भन्दै काठमाडौं केन्द्रित भएर सडकमा उत्रिएका हुन् ।

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);