पत्रकारको हत्या भएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

पत्रकारको हत्या भएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध

२०८१,१२,१६

नेपाल पत्रकार महासङ्घले राजावादीहरुको हिजोको प्रदर्शनमा पत्रकार सुरेश रजकको हत्या भएको भन्दै आज विरोध सभा गरेको छ । पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आज बिहान माइतीघर मण्डलामा भेला भएर विरोध तथा शोक सभा गरेको हो । महासङ्घले स्थापना दिवसका अवसरमा आजका लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । ‘स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध आन्दोलनका रूपमा शोक र विरोध शभाको रूपमा मनाउने’ महासङ्घका महासचिव रामप्रसाद दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी प्रदेश समिति तथा शाखा समितिले स्थापना दिवसका अवसरमा तय गरेको सबै कार्यक्रम स्थगित गरी केन्द्रीय समितिले तय गरेबमोजिम गर्न समेत महासङ्घले अनुरोध गरेको छ ।

Leave a Reply

ताजा समाचार