विपिनको रिहाइको लागि पहल गरिदिन टर्कीका राष्ट्रपतिसँग प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८१, शनिबार

विपिनको रिहाइको लागि पहल गरिदिन टर्कीका राष्ट्रपतिसँग प्रधानमन्त्रीको आग्रह

२०८१,१२,८

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेजेप तय्यिप इर्दोगानलाई टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कुटनीतिक प्रयत्न गरिदिन आग्रह गर्नुभएको छ । बिहीार प्रधानमन्त्री ओलीले उहाँलाई टेलिफोन गरेर त्यस्तो अनुरोध गर्नुभएको हो । जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जोशीको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्री ओलीले गएको फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी गर्नुभएको थियो ।टेलिफोन वार्ताका क्रममा आउँदो अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);