२०८१,१२,६
नेपाली काँग्रेसका राष्ट्रियसभा सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा राजसंस्था फर्काउँछु भन्नु दिवास्वप्न भएको बताएका छन्। बुधवार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनताको अधिकार कुण्ठित गर्ने संसारभरका राजाहरू इतिहासमा सीमित भएको बताए। उनले नेपालका राजाहरूले लोकतन्त्रको विरुद्धमा काम गरेको बताएका छन।
विगतमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र नेपाली जनताले स्वीकार गरेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रको विरुद्धमा विभिन्न कदम चालेपछि गणतन्त्र स्थापना भएको बताए। जनतासँग मिलेर बसेका राजसंस्था अहिले पनि विभिन्न देशमा जीवित रहेको उनको भनाइ छ।