निगमको जहाजभित्र मुसा देखिएपछि.. | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

निगमको जहाजभित्र मुसा देखिएपछि..

nigam jahag

काठमाडौं, १९ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठुलो जहाज बिहीबार दिउँसो भारतको नयाँदिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो ।उडानकै क्रममा एक यात्रुले ह्यान्ड क्यारी  राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे । लगत्तै हल्लाखल्ला भयो । यो कुरा चालक दलसम्म पुग्यो ।

अमेरिकी जहाज निर्माता कम्पनी बोईङसँग तीन दशकअघि खरिद गरिएको १ सय ९० सिट क्षमता बि ७ ५७ —२०० सिरिजको निगमको उक्त जहाज बिहीबार क्याप्टेन सन्तोष शर्माले दिल्लीबाट काठमाडौं ल्याईरहेका थिए ।बीच बाटोमै जहाजभित्र मुसा देखिएको यात्रुले बताएपछि काठमाडौं अवतरण हुनासाथ निगमको ईन्जिनियरिङ विभागले यात्रु झारेर जहाजका सबै ढोका बन्द गरी सिल गर्यो ।

त्यसपछि जहाज र यात्रु सुरक्षाप्रति संवेदनशील हुँदै निगम व्यवस्थापनले उक्त जहाजलाई विमानस्लमा ग्राउन्डेड गर्यो ।,आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);