नेपाली खेलाडी अन्तर्राष्ट्रिय मञ्चमा स्थापित हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

नेपाली खेलाडी अन्तर्राष्ट्रिय मञ्चमा स्थापित हुँदै

किशन भण्डारी
काठमाडौं, १८ माघ । हरेक व्यक्ति अवसरको खोजीमा हुन्छ । कोही अवसरको खोजीमा भौतारिँदैमा जीवन व्यथित गरिरहेका हुन्छन् भने केहीले प्राप्त अवसरको सदुपयोग गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा आफूलाई स्थापित गर्न सफल हुन्छन् ।

यसैबीच नेपाली खेलकुद क्षेत्रमा अवसर नभएको भन्दै खेलाडीहरु विदेश पलायन हुने क्रम जारी रहँदा केहीले भने आफूलाई खेलकुदमै स्थापित गर्ने प्रयास गरिरहेका छन् ।

खेलकुदमा भविष्य छैन भन्दै विभिन्न खेलकुद विद्याका खेलाडीहरु विदेश पलायन हुने क्रम जारी छ । तर, सन्दीप लामिछाने, किरण चेम्जुङ, बिमल घर्ती मगर, रोहित चन्द लगायतका खेलाडी भने खेलकुदमै स्थापित हुँदै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाउन सफल भएका छन् ।

अहिले युवा क्रिकेटर सन्दिप लामिछाने चर्चामा छन् । १७ बर्षीय लामिछाने क्रिकेटको ठूलो लिग इन्डियन प्रिमियर लिगमा आबद्ध हुने पहिलो नेपाली खेलाडी बनेका छन् । उनलाई भारतीय क्लब डेल्ली डेरडेभिल्सले २० लाख भारुमा अनुबन्ध गरेको हो । विश्व कै चर्चित खेलाडिहरुबीच हुने प्रतियोतिमा सहभागि हुन पाउनु सन्दिप र नेपालकै लागि गर्वको विषय हो ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका किरण चेम्जोङ पनि भारतको मिनेर्भा पञ्जाब फुटबल क्लबसँग आबद्ध भएर राम्रो आम्दानी गर्दैछन् ।

बिमल घर्ती मगर चार दिन अघि भारतको चर्चित फुटबल क्लब मोहन बगानमा आबद्ध भएका छन् । उनी सन् २०१४ मा युरोपमा गएर ठुला र नाम चलेका क्लबका लागि ट्रायल दिएका थिए । रोहित चन्द इन्डोनेशियन फुटबल क्लबमा आबद्ध छन् ।

खेल जगत् नै अन्यौलमा परिरहँदा नेपाली खेलाडीहरुले अन्तराष्ट्रिय मञ्चमा प्रतिभा देखाउन पाउँदा हर्षित भएको खेलाडी बताउँछन् । यस्ता खेलाडीको कारण नयाँ एवम् पुराना खेलाडीहरुलाई प्रोत्साहान मिल्ने उनीहरुको भनाइ छ । खेलाडीहरुलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउने क्रमलाई जारी राख्न सरकार एवम् सम्बन्धीत निकायहरु गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ।

यता पुर्व फुटबल खेलाडी हरि खड्का पूर्वाधारको अभावमा पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा छवि राखेकोमा प्रशन्न छन् । खेल क्षेत्रको विकासका लागि कुशल नेतृत्वको आवश्यकता रहेको खड्काको भनाइ छ ।

राजनीतिक अस्थिरता लगायत विभिन्न कारणलाई छिचोल्दै नेपाली खेलाडीहरुले अन्र्राष्ट्रिय मञ्चमा आफुलाई स्थापित गरेका छन् । उनीहरुले आफूलाई मात्र नभएर देशको नाम पनि उँचो बनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);