२०८१,११,१६
दुुई दिने मोतिबिन्दुुको अप्रेसन शिविर आजदेखि सुुरु भएको छ । सुनकोशी सामुुदायिक अस्पताल खुुर्कोट र गोलन्जोर गाउँपालीको संयुुक्त्त आयोजनामा २ दिने मोतिबिन्दुुको अप्रेसन शिविर सुुरु भएको छ । शिविरमा गोलन्जोर गाउँपालिका भित्रका एक सय जनाको अप्रेसन गरिने गोलन्जोरका उपाध्यक्ष पुुकार न्यौपानेले जानकारी दिनुुभयो । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ र सुुनकोशी सामुुदायिक अस्पताल खुुर्कोटको सहकार्यमादुुई दिने शिविर संन्चालन गरिएको हो ।




