कृषिमा यान्त्रिकीकरणले व्यावसायिक खेती गर्ने बढ्दै | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

कृषिमा यान्त्रिकीकरणले व्यावसायिक खेती गर्ने बढ्दै

फागुन १५ बिहिबार ।
कृषिमा यान्त्रिकीकरण हुन थालेपछि कञ्चनपुरमा व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्न थालेको छ ।खेत जोत्नका लागि आधुनिक ट्र्याक्टर, पावर टिलर, मिनी टिलरलगायतको प्रयोग हुन थालेपछि युवाहरूको आकर्षण कृषितर्फ बढ्न थालेको हो । कृषिमा यान्त्रिकीकरणलाई बढावा दिन प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

कृषि यान्त्रिकीकरणले कार्यबोझ घटाउने, थोरै समयमा धेरै कार्य गर्न सकिने, लागत खर्च घट्ने, जमिनको उत्पादकत्व बढाउने, जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने भएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कञ्चनपुरका प्रमुख सञ्जु उपाध्याय रिमालले बताइन ।

किसानलाई सरकारी तवरबाट आधा मूल्यमै अनुदानमा कृषि उपकरण तथा औजार उपलब्ध गराउने व्यवस्था भएसँगै निकै सहज रूपमा कृषिजन्य काम गर्न सकिएको उनले बताइन।

धान सुपरजोन कार्यक्रम लागू भएका क्षेत्रमा स्थापना भएका सेन्टरबाट किसानले बजार दरभन्दा २० प्रतिशत सहुलियतमा कृषि औजार तथा उपकरण प्रयोग गरिरहेका छन् ।

जसकारणले उत्पादन लागतमा कमी आउनाका साथै कार्यबोझमा निकै कमी आएको पाइएको उनको भनाइ छ ।कृषि ज्ञान केन्द्र र कृषि निर्देशनालयलगायतले व्यावसायिक खेती गर्ने किसान, कृषि फार्म, समूह, सहकारीमार्फत कृषि औजार तथा उपकरणमा ५० प्रतिशत अनुदान दिँदै आएको छन् ।

Leave a Reply