प्रचण्ड सरकारको कारणले नेपाल ग्रे लिस्टमा परेको सञ्चारमन्त्रीको जिकिर | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

प्रचण्ड सरकारको कारणले नेपाल ग्रे लिस्टमा परेको सञ्चारमन्त्रीको जिकिर

फागुन १३ मंगलबार ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल ग्रे लिस्टमा पर्नुको कारणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारको कारणले गरेको दाबी गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न पत्रकार आयोजित सम्मेलनमा बोल्दै ओली सरकारको ५÷७ महिनाको कामको कारणले नपरेको जिकिर गरे ।

उनले भने, ‘ग्रे लिष्टमा परेको अहिलेको ५÷७ महिनाको कामले भएको होइन । अघिल्लो सरकारको काम हो त्यो । नेपाललाई ग्रे लिष्टबाट ग्रिन लिस्टमा ल्याउन हामीले गर्नुपर्ने मनि लाउण्डरिङ्गको विषयमा जोडिएको हुन्छ । सम्पत्ति निवारण सम्बन्धी काम पनि धेरै नभएको कारणले पनि समस्या भएको हो। अहिलेको प्रतिपक्ष दलले आफ्नो ठाउँबाट भन्ने कुरा त छ। तर, नैतिक अधिकार छैन ।’उनले चाँडै ग्रे लिस्टबाट बाहिर निस्कने सुधारको काम सरकारले गर्ने बताए ।

Leave a Reply

ताजा समाचार