४ असार, रुकुम । गृहमन्त्री जनार्दन शर्माले तेस्रो चरणको निर्वाचन मिति तराईमा आन्दोलनरत दलहरुको सहमतिमै तोकिएको बताउनुभएको छ ।
शनिबार प्रेस सेन्टर नेपाल रुकुमले मुसिकोट खलंगामा गरेको पत्रकार सम्मेलन बोल्दै गृहमन्त्री शर्माले राजपा नेपालको सहमतिमा तेस्रो चरणको मिति तय गरिएको स्पष्ट पार्नु भयो । तराई मधेसका जनताको मताधिकार सुनिश्चित गर्न २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताउनु भयो ।
मन्त्री शर्माले सत्ता साझेदार दल र राजपाबीचमा भएको सहमतिअनुसार नै निर्वाचनको मिति सारिएको बताउँदै अहिले आएर सहमति विपरित गएर आन्दोलन गर्ने राजपाको तरिका ठिक नभएको धारणा राख्नु भयो । उहाँले सत्ता साझेदार दलहसंग भएको सहमति अनुसार निर्वाचनमा होमिन राजपालाई आग्रह समेत गर्नुभएको छ । असार १४ मा हुने दोस्रो चरणको चुनाव शान्तिपुर्ण तरीकाले सम्पन्न गर्न सम्पुर्ण सुरक्षा ब्यबस्था मिलाईएको र ढुक्क संग मतदान गर्न अनुरोध समेत गर्नुभयो ।