काठमाडौं, १८ माघ । विश्वचर्चित मोबाइल उत्पादक तथा कम्युनिकेशन डिभाइस वितरक कम्पनी ट्रान्सन होल्डिङ्गले नेपालमा क्यामोन मोबाइल भित्र्याएको छ । होल्डिङले अन्य तीनवटा नयाँ ब्राण्डका मोबाइल नेपाली बजारमा भित्रयाएको छ ।
कम्पनीले टेक्नो, आइटेल र ओराइमो ब्राण्डका मोबाइल नेपाली बजारमा भित्र्याएको हो । तीनवटै ब्रान्डहरु ट्रान्सन होल्डिङ्गको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइलद्वारा विक्री वितरण हुनेछ । कम्पनिले नेपाल सहित ६० देशमा मोबाईल सार्वजनिक गरेको बताउदै नेपालमा पछिल्लो समय यसका प्रयोगकर्ता उत्साहजनकरुपमा बढेको कम्पनिका वरिष्ठ उपाध्यक्ष अर्जित तालपात्रले बताए ।
ट्रान्सन होल्डिङ्गको विश्वभर ५८ वटा देशहरुमा उपस्थिति रहेको छ । क्यामोनमा १३ मेगापिक्चरको क्यामेरा र लामो समय टिक्ने ब्याट्रि रहेको छ । नेपालमा विक्रिवितरण गरिरहेको महालक्ष्मी मोबाइल प्राइभेट लिमीटेडले छोटो समयमै नेपालमा ७३ डिष्टीबिउटर रहेको जनाएको छ ।
नेपालमा कारोबार सुरु गरेको ३ महिनामा ट्रानसन होल्डीङले आज नयाँ मोबाइल सार्वजनिक गरेको हो । कम्पनीकाअनुसार ओराइमो र आइटेल मोबाइलमा १२ महिनाको वारेण्टी र टेक्नो ब्राण्डको मोबाइलमा १३ महिना वारेण्टी रहेको छ ।