माघ २४, बिहीबार
काठमाडौं,
यसपालिको हिउँदे बर्षा पानी नै नपरी सकिने जोखिम बढेको छ । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पनि पानी पर्ने छाँटकाट नदेखेपछि किसान अहिले चिन्तामा छन् । मुख्यगरी अपेक्षित हिउँदेबाली गहुँ, आलुलगायतको राम्रो उत्पादन नहुने चिन्ताले किसानलाई पिरोलिरहेको छ । किसानहरुले यसपाली हिउँदे बाली राम्ररी भित्रयाउन पाउने आशा मार्न थालेका छन् ।