काठमाडौं, १८ माघ । अमेरिकाका पूर्व जिम्नास्टिक डाक्टर ल्यारी नस्सारले २ सय ६५ जना महिलालाई यौन हिंसाको सिकार बनाएको न्यायाधीशले बताएका छन् ।
अमेरिकाको मिसिगनका न्यायाधीश जेनिस कनिङ्गमले नस्सारले यौन हिंसाको शिकार बनाएका २ सय ६५ जना पीडितको पहिचान भइसकेको बताए । उनले पीडितको संख्या अझै बढ्न सक्ने पनि बताए । १ सय ६० जना महिलामाथि यौन हिंसा गरेको पुष्टि भएपछि नस्सारलाई गत साता १ सय ७५ वर्षको जेल सजाय सुनाइएको थियो ।
थप ६५ जना पीडितले नस्सारविरुद्ध बयान दिन तयार रहेको बताएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पीडितहरुको बयान पुष्टि भए नस्सारले थप ४० वर्षसम्मको सजाय पाउने छन् । पछिल्लो सुनुवाईका क्रममा १७ वर्षीया एक किशोरीले नस्सारलाई सैतानको संज्ञा दिएकी थिइन् ।